Facebook Page

Comments

Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

चौथो वार्षिक साधारण साभा यहि आश्विन १९ गते हुने |

चौथो वार्षिक साधारण साभा समबन्धमा |

यस संस्थाको मिति २०७३/०६/१५ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार निमन मिति, समय र स्थानमा निम्न विषय उपर छलफल गर्णका लागी “ चौथो वार्षिक साधारण  साभा” हुने भएकोले सम्पूर्ण शेयरधनी, लगानीकर्ता र प्रात्यक्ष र अप्रत्यक्ष रुपले साथ दिने सबै महानुभावहरुले उपस्थित भैदिनको लागि हार्दिक अनुरोध गरिन्छ |

छलफलका विषयहरु :
१.      संचालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत र छलफल |
२.      आ.व. २०७२/०७३ को लेखापरीक्षण प्रतिवेदन र नगद प्रवाह सम्बन्धमा |
३.      आ.व. ०७३/०७४ को लेखा परीक्षकको नियुक्ति र पारिश्रामिक तोक्ने सम्बन्धमा |
४.      आ.व. ०७३/०७४ को लागि वार्षिक कार्ययोजना तथा अनुमानित आय व्यय  सम्बन्धमा |
५.      साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्नेका लागी सदस्य चयन गर्ने सम्बन्धमा |
६.      संस्थामा विगतका दिन देखि अस्थायी रुपमा कार्यरत कर्मचारीलाई स्थायी नियुक्ति, पारिश्रमिक तोक्ने सम्बन्धमा |
७.      संचालक समितिको समय अवधि पुरा भएकोले नया संचालन समिति चयन गर्ने सम्बन्धमा |
८.      यस संस्थाले गर्दै आएको ऋण लगानी र असुलीको निरीक्षण गर्नेको लागि  नया ऋण उपसमिति चयन गर्ने समबन्धमा |
९.      संस्थाको लेखा फाटलाइ अझै सुव्यस्थित र दुरुस्त बनाउनको लागि नया लेखा समिति चयन गर्ने सम्बन्धमा |
१०.   संस्थाले विगतका दिन देखि विप्रेषण (Remittance) कार्य गर्दै आएको हुनाले अझै नया कम्पनीहरु थप्नु पर्ने भएको हुनाले विप्रेषण सम्बन्धि विनियम संसोधन गर्ने सम्बन्धमा |
११. कर्मचारीको नयाँ विनियमावली पारित गर्ने सम्बन्धमा |
१२. विविध

कार्यक्रम :
मिति : २०७२ असोज १९ गते
स्थान : श्री आदर्श उ.मा.वि. रतौलीको प्राङ्गनमा

समय : विहान १०:०० बजे