Facebook Page

Comments

Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

Offie

पहिलो साधारणसभा कोफोटो

रतौली बचत तथा ऋण सहकारी संस्थाको सामुहिक बैठकमा सहभागी महिला सदस्यहरु

रतौली बचत तथा ऋण सहाकारी संस्थाको २०७१/०७२ को साधारणसभामा सहभागी सदस्य तथा पदाधिकारीहरु

सडकबाट देखिएको रतौली बचत तथा ऋण सहकरी संस्थाको कार्यालय

अब रेमिटान्स मोबाइलबाटै भुक्तानी

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार प्रभु टेक्नोलोजी, आईएमई डिजिटल सोलुसन र ई-सेवाले अनलाइन मोबाइल पेमेन्ट सिस्टम सञ्चालनका लागि लाइसेन्स पाएका छन् ।

लाइसेन्स पाएपछि आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले कम्पनीले राष्ट्र बैंकबाट पाएको अनुमतिले आफूहरु उत्साहित रहेको बताए ।
‘यस्तो लाइसेन्स लिने हामी पहिलो कम्पनी भएका छौं’ पोखरलले भने,’अब स्तरीय सेवामा नै हाम्रो ध्यान हुन्छ । उपभोक्तालाई मोबाइल पेमेन्टका लागि अझ सहज दिनहरु आउनेछन् ।’
यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंंकको टोलीले सबै गृहकार्य सम्पन्न गरेको छ । अब नेपालमा पनि मोवाइलमै पैसा बोकेर हिड्न मिल्ने भएको छ ।
मोवाइलमा जम्मा भएको रकम फेरि बैंककै खातामा पनि पठाउन सकिन्छ भने बैंक खातामा भएको रकम आफूलाई आवश्यकता परेअनुसार बैंकबाट मोवाइल वालेटमा सार्न सकिन्छ ।
यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरिद पनि गर्न सकिन्छ ।
त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले पनि यसको प्रयोग गर्न सक्छन् । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन ।
ग्राहकले मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नेछन् ।
यो सेवाका लागि करिव १ बर्षदेखि राष्ट्र बैंकले गृहकार्य गरेको थियो । विदेशी प्रविधिलाई नेपाल भित्राएपछि यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुने भएको हो । यस प्रकृया अनुसार मोवाइलबाटै सबै कुराको पेमेन्ट हुन्छ ।
राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त भएपछि इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भनेे हामीले अबदेखि अझ व्यवस्थित र जिम्मेवार तरिकाले इसेवालाई तीब्र रूपामा विकास गर्छौ, क्यासलेस कारोबार बनाउने राष्ट्रबैंकको नीतिलाई सफल बनाउने गरी हाम्रो सेवाको पहुँच बढाउँछौ ।’
विगत सात वर्षदेखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर २५ हजार बढी जोन पोइन्ट रहेका छन् ।
राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेसँगै मुलुकभित्र रेमिट्यान्स् कारोबार समेत सुरु गर्ने तयारी गरेको कार्यकारी अधिकृत अली बताउँछन् ।

Domestic and International Remitance Co. Avilable List

1. International Money Express IME
2. Prabhu Money Transfer
3. Himal remit HBL
4. City Express
5. Samsara remit
6. Yes Remit
7. Mega Remit
8. Sewa Remit


एनएमबि बैंकको शैक्षिक कर्जा शुभारम्भ

३ जेठ, काठमाडौं । एनएमबि बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुका लागि ‘एनएमबि बैंक शैक्षिक कर्जा’ नामक कर्जा सेवाको आरम्भ गरेको छ ।
शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले ल्याएको यो शैक्षिक कर्जाको कर्जार् अवधि १० वर्षसम्म रहने छ भने अधिकतम १ करोड सम्मको शैक्षिक कर्जा उपलब्ध हुनेछ ।
एनएमबि बैंक शैक्षिक कर्जा आवेदन दिएको ५ दिन मै उपलब्ध गराईने बैंकले जनाएको छ ।
शिक्षामा आत्मनिर्भता भन्ने नारा सहित आरम्भ गरिएको ‘एनएमबि बैंक शैक्षिक कर्जा’ ले विद्यार्थीहरुको शैक्षिक यात्रामा लाग्ने आर्थिक समस्या समाधान गर्न भरपर्दो वित्तीय सेवाका रुपमा स्थापित हुने विश्वास बैंकले गरेको छ ।