Facebook Page

Comments

Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

OBJECTIVES

संस्थाका उद्देश्य:


- संस्थाका उद्देश्यहरू निम्नबमोजिम हुनेछन् ।

(क)  सदस्यहरूको खाँचो पुर्ति गर्नको लागि एक जुट भै काम गर्न प्रोत्साहन गर्ने ।

(ख)  सदस्यहरूमा स्वावलम्बनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना सिजना गर्ने र बचत गर्ने बानी अभिवृद्धि गर्ने ।

(ग)  सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउने ।

(घ)  सहकारी ऐन २०४८ को दफा २६ (१) ले दिएको अधिकार प्रयोग गरी सोही दफाको उपदफा (२) ले निर्धारण गरेको प्रक्रिया पूरा गरेर बैङ्किङ कारोबार गर्ने ।

(ङ)  सहकारी भावनाको अभिवृद्धि गर्दै सहकारी ऐन तथा नियमावलीको मातहतमा रही संस्थाका सदस्यहरूको जीवनस्तर माथि उठाउन सम्वन्धित निकायहरूको इजाजत लिई आयमूलक, सीपमूलक, सेवामूलक, उत्पादनमूलक एवम् स्वास्थ्य, शिक्षा, खेलकुद,
आवास, सञ्चार, तालिम र वातावरण संरक्षण एवम् सुधारका कार्य गर्ने । साथै स्वरोजगारीका लागि विभिन्न कार्यहरू गर्ने ।

(च) जेष्ठ नागरिकहरूको हेरचाह र सुविधाका लागि विशेष व्यवस्था मिलाउने ।

(छ) कृषिको व्यावसायिकीकरणमा सहयोग पुयाउने र महिला सशक्तिकरणका क्षेत्रमा कार्य गर्ने ।